फुटबल इतिहासकै सबैभन्दा धेरै तलबमा रोनाल्डो साउदीको क्लबमा आबद्ध

फुटबल इतिहासकै सबैभन्दा धेरै तलबमा रोनाल्डो साउदीको क्लबमा आबद्ध

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  क्रिस्टियानो रोनाल्डो साउदी फुटबल क्लब अल नासरमा आवद्ध भएका छन्। पोर्चुगिज फरवार्ड रोनाल्डो कीर्तिमानी वार्षिक १७७ मिलियन पाउण्डमा उनी ३ वर्षका लागि आवद्ध भएका हुन्।

यससँगै रोनाल्डोले सन् २०२५ सम्म साउदी अरेबियाको टोली अल नासरबाट फुटबल खेल्नेछन्।

साउदी अल(नासर क्लबका अध्यक्ष मुस्ली अल मुअम्मर र रोनाल्डोबीच स्पेनको राजधानी म्याड्रिडमा सो बारे सम्झौता भएको हो । रोनाल्डोले सम्झौतामा हस्ताक्षर गरेसँगै अध्यक्ष मुअम्मरले रोनाल्डोलाई क्लबको ७ नम्बरको जर्सीसमेत प्रदान गरेका थिए ।

रोनाल्डोले पाउने फुटबल इतिहासकै सबैभन्दा ठूलो पारिश्रमिक हो । म्यान्चेस्टर युनाइटेड छोडेपछि ३७ बर्षिय रोनाल्डो रियल मड्रिड फर्किने हल्लाकैबीच साउदी क्लबमा आवद्ध भएका हुन् ।

रोनाल्डो अनुबन्ध भएको क्लबले ९ पटक साउदी लिग जितेको छ ।

Recent Comments

No comments to show.