काठमाडौँ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बनमा परेका छन् ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बर गरेको प्रहरी स्रोतले बताएको छ । केसीले सुन व्यापारीसँग ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई घुस लिएको थाहा पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेको थियो ।
उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ, ९ लाख ५० हजार रुपैयाँको खिम जिसीको नाममार हरको चेक बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
उनलाई निलम्बन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रधान कार्यालयमा सिफारिस गरेको थियो ।
प्रतिक्रिया