काठमाडौं । गायिका आस्था राउतलाई धरौटीमा रिहा भएकी छिन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका हो ।
गायिका राउतमाथि त्रिभुवन विमानस्थलमा कार्यरत महिला प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो। महिला प्रहरी जवान श्रेष्ठले जाहेरी दिएपछि राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।
प्रतिक्रिया