लामो कटुतालाई अन्त्य गर्दै बार्दलीबाट ओली र प्रचण्डको संयुक्त अभिवादन

लामो कटुतालाई अन्त्य गर्दै बार्दलीबाट ओली र प्रचण्डको संयुक्त अभिवादन

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  लामो कटुतालाई अन्त्य गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमतिपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले बालकोटको बार्दलीबाट संयुक्त अभिवादन गरेका छन्।

सत्ता समीकरणको लामो रस्साकस्सीबीच नयाँ सरकारको नेतृत्व गर्ने अवसर पाएपछि खुसी भएका मा‌ओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीले बार्दलीबाट अभिवादन गरेका हुन्।

यो सहमतिसँगै शीर्ष नेताहरु प्रधानमन्त्रीमा दाबी पेश गर्न राष्ट्रपति निवास पुगेका छन्।

शीतलनिवास प्रस्थान गर्नुअघि ओली र प्रचण्डले ओली निवासको बार्दलीबाट संयुक्त अभिवादन गरेका थिए। यसअघि ओली सरकार ढलेपछि उनले बालकोटको बार्दलीबाट अभिवादन गरेको विषयमा कटाक्ष हुने गरेको थियो। प्रचण्डले समेत कैयौं पटक आफ्नो भाषणमा ओलीलाई बार्दलीमा पुर्‍याइदिएको अभिव्यक्ति दिँदै आएका थिए।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी नागरिकको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो।

Recent Comments

No comments to show.