आजदेखि ‘मेगा सर्भिस क्याम्प’ गर्दै टाटा

आजदेखि ‘मेगा सर्भिस क्याम्प’ गर्दै टाटा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ । टाटा मोटरसको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पुस १० गते आजदेखि पुस १२ गतेसम्म आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रमा मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ।

यी केन्द्रमध्ये ३ वटा काठमाण्डौ उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्। बाँकी ९ वटा उपत्यकाबाहिरका स्थान पोखरा, इटहरी, मेची, वीरगन्ज, ढल्केबर, हेटौँडा, धनगढी र नेपालगन्जमा छन्।

यस क्याम्पमा टाटाका ‘पेसेन्जर’ श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले आवश्यक जाँच गरिनेछ। यस्तो जाँच गराउँदा गाडीधनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्ने सक्नेछन्। म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुटलगायत टप वासिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक–अप, ब्याट्री र इलेक्ट्रिकल चेक–अपको सुविधा पनि निःशुल्क प्रदान गरिनेछ। यसका अतिरिक्त यो क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेजअन्तर्गतको रु ४ हजार नगद फिर्ताको पनि व्यवस्था छ।

हाल नेपालमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरु बजार द्रुत गतिमा विस्तार भइरहेकोले त्यस्ता गाडीहरुको ग्राहकलाई उत्कृष्टभन्दा उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ।

Recent Comments

No comments to show.