नयाँ सरकार गठनको लागि सांसदहरूको हस्ताक्षर संकलन गदै कांग्रेस

नयाँ सरकार गठनको लागि सांसदहरूको हस्ताक्षर संकलन गदै कांग्रेस

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार गठनको लागि सांसदहरूको हस्ताक्षर संकलन गरेको छ। 

प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न कांग्रेसले प्रतिनिधिसभा सदस्यहरूको हस्ताक्षर लिएको हो।

राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री दाबी पेश गर्न पुस ३ मा दिएको एक साताको समय आइतबार अपरान्ह ५ बजे सकिँदैछ।

राष्ट्रपति कार्यालयमा पेश गर्न सांसदहरूको हस्ताक्षर लिइएको सभापति शेरबहादुर देउवानिकट एक सांसदले बताए । शुक्रबार पार्टी संसदीय दलको कार्यालयमा सांसदहरूको हस्ताक्षर लिइएको हो। केही सांसदको हस्ताक्षर लिन बाँकी छ। कांग्रेसमा ८९ जना सांसद छन्।

कांग्रेसले अहिलेकै गठबन्धनमा केही दलको समर्थन जुटाएर सरकार बनाउने तयारी गरिरहेको छ।

तर को प्रधानमन्त्री बन्ने भन्नेमा गठबन्धनभित्र समझदारी हुन सकिरहेको छैन।

Recent Comments

No comments to show.