काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता करण राई बनेका छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेमा उनले पहिलो पुरस्कार जितेका हुन्। उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे। दर्शकीय भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।
विजेता बनेका करणले पल्सर एनएस १६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार प्राप्त गरेका छन्।
करणले टीम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका थिए । टीम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनरअप घोषित भइन् ।
टीम प्रमोद खरेलबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टीम प्रविशा अधिकारीबाट साहिल लिम्बु थर्ड रनरअप बने ।
प्रतिक्रिया