तलब भत्ता विपद पीडितका लागि खर्च गर्ने सांसद बजगाईंको घोषणा

तलब भत्ता विपद पीडितका लागि खर्च गर्ने सांसद बजगाईंको घोषणा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गोरखा–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र बजगाईंले तलब भत्ता नलिने घोषणा गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा सदस्यको रुपमा शपथ लिएपछि कांग्रेस सांसद बजगाईंले तलब भत्ता आफ्नो व्यक्तिगत प्रयोजनमा नलिने घोषणा गरेका हुन् ।

मैले संसद सदस्य भएवापत पाउने तलब भत्ता गोरखा क्षेत्र नम्बर १ का विपद पीडितहरुका लागि खर्च गर्ने घोषणा गर्दछु’ उनले शपथपछि आफ्नो फेसबुकमा लेखेका छन् ।

सांसद बजगाईंले भनेका छन् -‘गोरखाको विकट भूगोल र भिरपखेरामा विपत्तिमा रेखदेख पुगोस् भन्ने अभिप्रायको निरन्तरता आज एक सांसदको रूपमा सपथ लिंदैगर्दा मत मागिरहेको बेला लिएको सपथ सम्झेको छु।

मैले संसदको रूपमा पाउने तलब भत्ता गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा विपतमा परेकाका लागि खर्चने घोषणा गरेको छु। ‘

Recent Comments

No comments to show.