फेसियल हाउसमा ब्यूटीसियन तालिम लिएका विद्यार्थीले ‘भेटायाे’मा जागिर पाउने

फेसियल हाउसमा ब्यूटीसियन तालिम लिएका विद्यार्थीले ‘भेटायाे’मा जागिर पाउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । नेपालकै उत्कृष्ट ब्यूटी सलुन फेसियल हाउसबाट सौन्दर्य सम्बन्धी तालिम लिएका विद्यार्थीले सजिलै जागिर पाउने भएका छन् । जसकालागि फेसियल हाउसले भेटायो एपसँग सम्झौता गरेको छ ।

मंगलबार फेसियल हाउसको  मूख्य कार्यलय, काठमाडौं मलमा यी दुई संस्थाबीच उक्त विषयमा सम्झौता भएको हो । सम्झौता पत्रमा फेसियल हाउसकी प्रबन्धक शुष्मा महरा शाह र भेटायो एपकी को-फाउण्डर अन्शु शाक्यले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै को-फाउण्डर शाक्यले उक्त सम्झौताले धेरै भन्दा धेरै युवाहरुलाई तालिम र रोजगारीकाे अवसर प्रदान गर्ने बताइन् । यसका साथै उनले फेसियल हाउसबाट तालिम लिएका जतिपनि युवाहरुले भेटायो एपमार्फत फ्रिलन्सीङ तरिकाले काम गर्न पाउने पनि जानकारी दिइन् ।

यस्तै, फेसियल हाउसकी प्रबन्धक महाराले यो सम्झौतासँगै फेसियल हाउसमा तालिम लिएका विद्यार्थीले अब बेरोजगार भएर बस्नु नपर्ने बताइन् । यसका साथै उनले सिप सिकेपछि त्यो सिपको प्रयोग नगर्दा सिकेको सिपको कम नै नहुने बताउँदै भेटायोले गर्दा त्यो सिपको प्रयोग हुने बताइन् ।

उक्त दुई संस्थाले आगामी वर्षमा करिब ५ हजार व्यक्तिलाई तालिम र रोजगारी प्रदान गर्ने लक्ष लिएको छन् । यसका साथै उनीहरुलाई आर्थिक रुपमा बलियो बनाउन अनुकरणीय रुपमा काम गर्ने योजना बनाएको पनि जनाइएकाे ।

फेसियल हाउसको बारेमा:

नेपालकै उत्कृष्ट ब्युटी सलुन फेसियल हाउसले सौन्दर्यको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । विभिन्न उपलब्धि र चुनौतीका बाबजुद फेसियल हाउसले नेपालको उत्कृष्ट ब्युटी पार्लर बन्न र आफ्नो नाम र प्रतिष्ठा स्थापित गर्न सफल भएको छ । यस अवधिमा यो पार्लरको ब्राण्ड नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा पनि लोकप्रिय भएको छ । फेसियल हाउसको हाल काठमाडौं माल, सिटिसि मल, चावाहिल, पोखरा, धनगढी लगायतका स्थानमा आउटलेटहरु रहेका छन् । अब छिट्टै चितवन, विराटनगरमा र हेटौडामा पनि आउटलेट विस्तार गर्ने तयारी रहेको छ ।

भेटायो एपको बारेमा:

भेटायो एप एक अनलाई प्लेटफर्म हो । जहा विभिन्न १२ वटा सेवाहरु उपलब्ध छन् । इलेक्ट्रीसीयन, क्लिनिङ देखि ब्यूटिसम्मका सेवाहरु यस एपमार्फत लिन सकिन्छ ।

Recent Comments

No comments to show.