काठमाडौं । नेपालको औषधि नियामक निकाय औषधि व्यवस्था विभागले १६ भारतीय औषधि कम्पनीलाई कालोसूचीमा राखेको छ । जसमा बाबा रामदेवको कम्पनी दिव्या फार्मेसी पनि समावेश छ।
समाचार एजेन्सी पीटीआईका अनुसार नियामकले यी कम्पनीहरूले विश्व स्वास्थ्य संगठनको उत्पादन मापदण्ड पालना गर्न असफल भएको बताएको छ। औषधि प्रशासनले यी औषधि आपूर्ति गर्ने नेपालका स्थानीय एजेन्टलाई तत्काल बजारबाट फिर्ता लिन सूचना जारी गरेको छ ।ती औषधि नेपालमा पैठारी गरी वितरण गर्न नपाइने सूचनामा उल्लेख छ । वैशाख र साउनमा विभागले औषधि कम्पनीका कारखानामा औषधि निरीक्षकको टोली पठाएको थियो ।
विभागले दिव्या फार्मेसी बाहेक, सूचीमा रेडियन्ट पेरेन्टेरल लिमिटेड, मर्करी ल्याबोरेटरीज लिमिटेड, एलायन्स बायोटेक, क्याप्टाब बायोटेक, एग्लोमेड लिमिटेड, जी ल्याबोरेटरीज, ड्याफोडिल्स फार्मास्युटिकल्स, जीएलएस फार्मा, युनिजुल्स लाइफ साइन्स, कन्सेप्ट फार्मास्युटिकल्स, श्री आनन्द लाइफ साइन्स, आईपीसीए प्रयोगशाला, क्याडिला हेल्थकेयर, डायल फार्मास्यूटिकल्स र म्याकुर प्रयोगशालाका विभिन्न औषधिमा प्रतिबन्ध लगाएको छ ।
प्रतिक्रिया