सिन्धुलीमा जुनार बेच्न किसानकाे घुइँचाे, प्रति किसान सात लाखसम्म आम्दानी

सिन्धुलीमा जुनार बेच्न किसानकाे घुइँचाे, प्रति किसान सात लाखसम्म आम्दानी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली । बारी र बगैँचामात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहेंलपुर भएका छन्। किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइनभ्याइ छ। 

गोलञ्जोर गाउँपालिका–५ खनियाखर्क बजारमा जुनार बिक्रि गर्न किसानको घुइचो नै लाग्ने गरेको छ। वीपी राजमार्ग सञ्चालनमा आएसँगै जुनारको कारोबारमा वृद्धि भएको व्यापारी सावित्रा थापामगरले जानकारी दिए। उनले विगत १५ वर्षदेखि जुनार बेच्दै आएका छन्। 

विगत वर्षमा भदौदेखि नै जुनार बेच्ने गरेकामा यसवर्ष स्थानीय तहले हरियो जुनार बेच्न रोक लगाएको थियो। कात्तिकदेखि मात्र पाकेको जुनार बजारमा बिक्री हुन थालेको हो। 

विभिन्न ठाउँ आवातजावत गर्ने यात्रु नै जुनारका मुख्य ग्राहक हुन्। ‘यहाँको जुनारलाई यात्रुले कोशेलीका रूपमा लैजाने गरेका छन्’, स्थानीय व्यापारी लक्ष्मी सापकोटाले भने। एकैदिनमा ५० हजारसम्मको जुनार बिक्री हुने गरेको उनले बताए। 

किसानले कात्तिकदेखि जुनार बिक्री गर्न बजारमा ल्याउँछन्। शीत भण्डारमा राखेको जुनार वैशाखसम्म बेच्न सकिने सापकोटाले बताए। 

विगत १६ वर्षदेखि जुनार बेच्दै आएकी रत्नकुमारी मगरले विचौलियाले अन्यत्रको जुनारलाई सिन्धुलीको भनेर बिक्री गर्न थालेको गुनासो गरिन्। उनले जुनार बेचेर वर्षको एक लाख बचत गर्छिन्।

खनियाखर्क बजार आसपासमा मात्रै तीस जनाभन्दा बढी जुनार व्यापारी र व्यवसायी छन्। जुनारको मूल्यमा भने एकरूपता छैन।

मुख्य बजारमा व्यापारीले प्रतिकिलो ६५ देखि ७० रुपैयाँसम्ममा किसानसँग खरिद गरी ८० देखि १२० सम्ममा जुनार बिक्री गर्दै आएका छन्। 

गोलञ्जर गापाउँपालिका–६ नाकाजोलीका नविन हायुले जुनार बेचेर यसवर्ष सात लाख २० हजार आम्दानी भएको बताए। उनको बगैचामा एक हजार पाँच सय जुनारका बोट रहेका छन्। 

किसानको बगैचामै गएर ठेकेदार र व्यापारीले जुनार खरिद गर्ने गरेका छन्। जुनार बोटमै ठेक्का लागेकाले बजारमा गएर बेच्नुपर्ने झन्झट छैन। 

जिल्लामा कोकाकोला र फेन्टाको विकल्पमा जुनारको जुस प्रयोग हुन थालेको छ। जुनारलाई प्रशोधन गरी बनाइएको जुस काठमाडौं, जनकपुर, विराटनगरलगायत ठाउँमा बिक्रीका लागि लैजाने गरिएको छ। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख रमेश हुमागाईंका अनुसार जिल्लामा एक हजार ३४५ हेक्टरमा जुनार खेती गरिँदै आएको छ।

पूर्व पश्चिमसम्म फैलिएको महाभारत क्षेत्रमा जुनारको व्यवसायिक खेती गर्ने क्रम बढ्दै गएको उनले बताए। रासस

Recent Comments

No comments to show.