धेरै धुवाँ फाल्ने गाडीलाई एक लाखसम्म जरिवाना हुने

धेरै धुवाँ फाल्ने गाडीलाई एक लाखसम्म जरिवाना हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वातावरण विभागले धेरै धुवाँ फाल्ने गाडीलाई पुस १ गतेबाट एक लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको छ।

विभागले बिहीबार सूचना प्रकाशित गरी त्यस्ता सवारी साधनलाई आगामी पुस १ गतेदेखि वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम जरिवाना हुने स्पष्ट पारेको हो ।

पछिल्लो समयमा काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निस्कासनको अवस्था अन्त्यन्तै दयनीय पाइएको वातावरण विभागले जनाएको छ ।

अबका दिनमा विभागले गाडीको धुवाँ निस्कासनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउने समेत जनाएको छ ।

वायु प्रदूषण रोक्न धेरै धुवाँ फाल्ने सवारी साधनलाई कारबाही गर्न लागेको हो। विभागले जारी गरेको सूचनामा पुस १ गतेपछि विभागको परीक्षणमा प्रदूषण जाच पास हुन नसक्ने सवारी साधनहरुलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम एक लाखसम्म जरिवाना हुने उल्लेख गरिएको छ।

यससँगै विभागले छड्के जाचका क्रममा कतिपय सवारी साधनले मापदण्ड पूरा नगरेको पाइएको जनाएको छ। कतिपय सवारी साधनमा अत्यधिक धुवाँ निस्कने गरेको देखिएको छ।

त्यस्तै, विभागले खुल्ला रुपमा फोहोर नजलाउन पनि आग्रह गरेको छ। कसैले फोहोर जलाएको देखेमा विभागलाई जानकारी दिन भनिएको छ। यसरी जानकारी दिनको नाम गोप्य राखिने र फोहोर जलाउने व्यक्तिलाई कारबाही गरिने विभागको सूचनामा उल्लेख छ।

Recent Comments

No comments to show.