प्रदूषण बढाउने गतिविधि नगर्न काठमाडौं महानगरको आग्रह

प्रदूषण बढाउने गतिविधि नगर्न काठमाडौं महानगरको आग्रह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले वायु प्रदूषण न्यूनीकरणका लागि सर्वसाधारणदेखि उद्योग कलकारखानाको नाममा सार्वजनिक सूचना जारी गरेको छ।

महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्रदूषणका कारणले जोखिमा रहेको जनसंख्या प्रभावित हुने भएकाले सावधानी अपनाउन आग्रह गरेको हो। 

काठमाडौँ उपत्यकामा यातायातका साधनले उत्सर्जन गर्ने धुँवा, सडक तथा अन्य निर्माण कार्य सम्पन्न हुँदा निस्कने धुलोका कणहरू, उद्योग, कलकारखानाहरूबाट निस्कासन हुने घुँवा तथा धुलोहरू र खुला रूपमा जलाइने प्लास्टिक जन्य फोहोरमैलाबाट निष्काशन हुने घूँवाहरूले गर्दा वायु प्रदूषणको मात्रा निकै बढेको महानगरले उल्लेख गरेको छ। 

खराब वायुको गुणस्तरको कारण विशेष गरी बालबालिका, जेष्ठ नागरिक, दम, खोकी तथा स्वास प्रस्वास सम्बन्धी बिरामी र मुटुका रोगीहरू बढी जोखिममा पर्छन् । 

प्रदूषण हुने गतिविधि नगर्न महानगरले सबैलाई आग्रह गरेको छ। 

व्यक्तिगत तथा व्यवासयसायिक सवारीसाधानलाई प्रचलित मापदण्डभित्रै रहेर सञ्चालन गर्ने, सार्वजनिक रुपमा आगो नबाल्न महानगरले आग्रह गरेको छ। प्लास्टिकजन्य फोहर जथाभावी नफाल्न तथा नजलाउनसमेत महागरले आग्रह गरेको छ। 

भौतिक पूर्वाधार निर्माणको क्रममा निर्माण सामग्री बाटोमा नथुपार्न तथा लोड अनलोड गर्दा प्रदूषण रोकथामका उपाया अपनाउन महानगरले आग्रह गरेको छ। 

त्यस्तै उद्योग कलकारखानाहरूलाई प्रदूषण न्यूनीकरणक तथा नियन्त्रणका लागि उपकरण जडान गर्न आग्रह गरेको छ। सर्वसधारणलाई मास्क लगाएर हिड्न महानगरले आग्रह गरेको छ। 

Recent Comments

No comments to show.