एनआइबीएल एस क्यापिटलको अफर : निःशुल्क मेरो सेयर र डिम्याट खाता, साथै सेयर उपहार

एनआइबीएल एस क्यापिटलको अफर : निःशुल्क मेरो सेयर र डिम्याट खाता, साथै सेयर उपहार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। एनआइबीएल एस क्यापिटलले निःशुल्क डिम्याट खाता र मेरो सेयर युजर लिन सक्ने अफर ल्याएको छ । क्यापिटलले अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा अपांगता भएका व्यक्तिहरुलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो ।

यस योजना अन्तर्गत फरक क्षमता भएका व्यक्तिहरुले एनआइबीएल एस क्यापिटलबाट निःशुल्क डिम्याट खाता खोली मेरो सेयरको युजर आइडी पाउने छन् ।

कुनै पनि ग्राहकवर्ग तथा लगानीकर्ताहरु सेयर बजारमा लगानी गर्नबाट बञ्चित नहुन भन्ने उद्देश्यले यो योजना ल्याइएको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार यस योजना मंसिर १६ देखि १८ गतेसम्म मात्र लागू हुनेछ । यस योजना अवधिभर खाता खोल्ने ग्राहक मध्ये गोलाप्रथाबाट ५ जनालाई एनआइबीएल सहभागिता फण्डको १०० इकाई उपहार समेत प्रदान गरिने क्यापिटलले जनाएको छ।

Recent Comments

No comments to show.