काठमाडौ । काठमाडौंमा आज यसवर्षकै चिसो महशुस गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ।
महाशाखाकी मौसमविद् हिरा भट्टराईले हिजोको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री रहेकोमा आज पुन: घटेको छ।
देशका अन्य ठाउँमा पनि न्यूनतम तापक्रम घट्न थालेको छ। चिसो बढ्दै गएकाले न्यूनतम तापक्रम घट्न थालेको हो।
प्रतिक्रिया