काठमााडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा झडप भएको छ । बस्ती हटाउन महानगरको डोजर आएपछि स्थानिय र प्रहरीबिच ढुंगा हानाहान भएकाे हाे ।
वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरूले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् । एकीकृत बाग्मती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन) सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।
समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारीसाधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो ।
प्रदर्शनकारीहरूले काठमाडौंका मेयर बोलन साहविरुद्ध नाराबाजी गर्दै राजीनामासमेत माग गरेका छन् ।
प्रतिक्रिया