समानुपातिक ‘अपडेट’ : राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रोमा उक्लियो, कुन दलको कति मत?

समानुपातिक ‘अपडेट’ : राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रोमा उक्लियो, कुन दलको कति मत?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा उक्लिएको छ।

माओवादी केन्द्र लाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेस्रो स्थानमा उक्लिएको हो । यस अघि माओवादी केन्द्र निरन्तर तेस्रो स्थानमा थियो ।

आइतबार विहान ६ बजेर ५७ मिनेटसम्मको तथ्यांकअनुसार सुरुदेखि नै पहिलो स्थानमा रहेको नेकपा एमालेले २५ लाख सात हजार ४०३ मत ल्याइसकेको छ भने दोस्रोमा रहेको नेपाली कांग्रेसले २३ लाख ७७ हजार चार सय ९८ समानुपातिक मत पाइसकेको छ। 

यस्तै तेस्रोमा रहँदै राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५६ आठ सय ८५ समानुपातिक मत ल्याएको छ भने यसपछि माओवादी केन्द्र छ । उसले अहिलेसम्म १० लाख ४६ हजार एक सय ८६ मत ल्याएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८३  हजार ५६७ मत ल्याएको छ।  जसपाले २ लाख ७३ हजार ८४५  मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। नेकपा एकीकृत समाजवादीले २ लाख १४ हजार १७५ मत  पाएका छन्।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४३ हजार एक सय ७१ मत, जनता समाजवादी पार्टीले तीन लाख ५१ हजार दुई सय ६० मत प्राप्त गरेको छ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले दुई लाख ४७ हजार एक सय ७७ मत, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ३४ हजार नौ सय ३९ मत, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २४ हजार ३९ मत, नेपाल मजदुर किसान पार्टीले ७२ हजार छ सय ३१ मत प्राप्त गरेका छन्।

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कुल ६१ प्रतिशत मतदान भएको थियो। सो निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार थियो।

Recent Comments

No comments to show.