समानुपातिक ‘अपडेट’ : राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै माओवादी तेस्रोमा उक्लियो

समानुपातिक ‘अपडेट’ : राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै माओवादी तेस्रोमा उक्लियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  लाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो । यस अघि रास्वपा निरन्तर तेस्रो स्थानमा थियो ।

आइतबार विहान ६ बजेर १५ मिनेटसम्मको तथ्यांकअनुसार सुरुदेखि नै पहिलो स्थानमा रहेको नेकपा एमालेले २२ लाख ७३ हजार ७ सय ६५ मत ल्याइसकेको छ भने दोस्रोमा रहेको नेपाली कांग्रेसले २१ लाख ६९ हजार ९ सय ७१ समानुपातिक मत पाइसकेको छ। 

यस्तै तेस्रोमा रहँदै नेकपा माओवादी केन्द्रले ९ लाख ७१ हजार ७५  समानुपातिक मत ल्याएको छ भने यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी छ। उसले अहिलेसम्म ९  लाख १५ हजार ७९ मत ल्याएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८३  हजार ५६७ मत ल्याएको छ।  जसपाले २ लाख ७३ हजार ८४५  मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। नेकपा एकीकृत समाजवादीले २ लाख १४ हजार १७५ मत  पाएका छन्।

यस्तै, जनमत पार्टीले २ लाख ९ हजार ३६९,नागरिक उन्मुक्ति पार्टीले १ लाख १६ हजार ६६३ र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख १५ हजार १ सय ७२ मत पाएका छन्।

यो पनि :

प्रतिनिधिसभातर्फ ११ सिटको नतिजा सार्वजनिक हुन बाँकी, कुन क्षेत्रमा कसको अग्रता?

Recent Comments

No comments to show.