प्रतिनिधिसभातर्फ १४८ स्थानको नतिजा आउँदा कांग्रेस पहिलो, अन्य कुनको कति ?

प्रतिनिधिसभातर्फ १४८ स्थानको नतिजा आउँदा कांग्रेस पहिलो, अन्य कुनको कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १४८ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।

नेपाली कांग्रेसले सबभन्दा बढी ५० स्थानमा जित निकालेको छ भने थप ६ स्थानमा अग्रता लिइरहेको छ। दोस्रोमा रहेको नेकपा एमालेले ३८ स्थानमा जित हात पार्दा ४ स्थानमा अग्रता लिएको छ। 

सत्तारूढ दल माओवादी केन्द्रले १६ स्थानमा जित निकाल्दा २ स्थानमा अग्रता बनाएको छ। त्यस्तै नेकपा एकीकृत समाजवादीले १० स्थानमा जित निकाल्दा ० स्थानमा अग्रता बनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित निकाल्दा अझै १ स्थानमा अग्रता बनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ स्थानमा जित निकाल्दा ० स्थानमा अग्रता बनाइरहेको छ।

जनता समाजवादी पार्टीले  २ स्थानमा जित निकाल्दा अझै ४ स्थानमा अग्रता बनाएको छ। लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट हासिल गरेको छ भने स्वतन्त्र ८ सिटमा विजयी भएका छन्।

योे पनि : 

समानुपातिक ‘अपडेट’ : एमालेले कटायो २० लाख मत,कुनको कति ?

Recent Comments

No comments to show.