नवलपरासी १ बाट विनाेद चाैधरी चिर्वाचित

नवलपरासी १ बाट विनाेद चाैधरी चिर्वाचित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । नवलपरासी क्षेत्रनम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी विजयी भएका छन् । अर्बपति समेत रहेका उद्याेगी चौधरी २३ हजार ८६१ मत ल्याएर निर्वाचित भएका हुन् ।

बिहीबार सार्वजनिक भएको मत परिणाम अनुसार चौधरीले जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई ५ हजार ६४० मतान्तरले जितेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी त्रिपाठीले १८ हजार २२१ मत प्राप्त गरेका छन् । यसैगरी, तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीकालागि १२ हजार ३४१ मत खसेको छ ।

प्रारम्भिक मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले अग्रता लिएका थिए। ग्रामिण क्षेत्रमा ठकुरीले अग्रता लिएपनि नगरपालीकामा प्रवेश गर्नासाथ ठकुरी पछि परेका हुन्।

Recent Comments

No comments to show.