गोरखा । गोरखा २ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोब्बर बढी मतले विजयी भएका छन्।
दाहालले २६ हजार १ सय १ मत प्राप्त गर्दै विजयी भएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीलाई हराउँदै दाहाल विजयी भए। बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत ल्याउँदा एमालेका अब्दुस मिँयाले ७ हजार ३ सय ९२ मत प्राप्त गरेका छन्। त्यहाँ एमाले तेस्रो भएको छ।
प्रतिक्रिया