१४ हजार बढीको मतान्तरले विश्वप्रकाश शर्मा विजयी

१४ हजार बढीको मतान्तरले विश्वप्रकाश शर्मा विजयी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्।

बुधबार साँझ सार्वजनिक अन्तिम मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन्। 

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए।

शर्माले १४ हजार २७५ मतान्तरले जितेका हुन्। यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की निर्वाचित भएका थिए। 

त्यसबेला पराजित भएका शर्मा तेस्रो प्रयासमा संसद यात्रामा निस्किन सफल भएका हुन्।

यसअघि नै काठमाडौं ४ बाट कांग्रेसका अर्का महामन्त्री गगन थापा विजयी भइसकेका छन्।

Recent Comments

No comments to show.