काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओलीले ५२ हजार भन्दा बढी मत ल्याएर विजयी भएका छन् ।
उनले ५२ हजार ३१९ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा आएका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश कुमार पोखरेलले ११ हजार ७४९ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया