गुल्मी– २ मा एमालेका गोकर्ण विष्ट विजयी

गुल्मी– २ मा एमालेका गोकर्ण विष्ट विजयी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गुल्मी क्षेत्र नंबर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट विजयी भएका छन् । २८ हजार ४७६ मतसहित जनमत आफ्नो पक्षमा पारेका विष्ट उक्त क्षेत्रबाट यो चौथो जीत हो ।

उनकी प्रतिस्पर्धि तथा पूर्व सहकर्मी नेकपा एसकी उम्मेदवार रामकुमारी झाँक्रीले २६ हजार ४४२ मत प्राप्त गरेर पराजित भएकी छिन् ।

विष्टले ०५६ सालदेखि यो क्षेत्रबाट निरन्तर चुनाव लड्दै आएका छन् । सोही वर्ष गुल्मी २ बाट प्रत्यक्ष निर्वाचित उनी ०६४ मा पराजित भएका थिए । यसअघि ०७४ को चुनावमा पनि सोही क्षेत्रबाट कांग्रेस उम्मेदवार चन्द्रबहादुर केसीलाई १४ हजार भन्दा बढी मतान्तरले पराजित गरेका थिए ।

Recent Comments

No comments to show.