‘फिल द म्याजिक अफ फुटबल इन डिशहोम’ अभियान शुरु

‘फिल द म्याजिक अफ फुटबल इन डिशहोम’ अभियान शुरु

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  डिस मिडिया नेटवर्कले आफ्नो फिफा विश्वकप २०२२ अभियान ‘फिल द म्याजिक अफ फुटबल इन डिसहोम’ अभियान सुरु गरेको छ । नेपालको एक मात्र DTH कम्पनी डिशहोमले लामो समयदेखि प्रतिक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रशारण गर्नेछ ।

हरेक चार चार वर्षमा हुने विश्वकप फुटबललाई नेपाली फुटबलका फ्यानहरूले हर्षोल्लासका साथ स्वागत गर्ने गरेका छन् । नेपाली सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरूको गतिविधिलाई मध्यनजर गर्दै डिसहोमले धेरै उपहारहरूसहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियानहरू जारी गरेको छ ।

त्यस अभियानमा सहभागी हुनका लागि सहभागीहरूले डिसहोमको फेसबुक पेजमा गइ पोस्टमा #MagicalMomentsof (उनीहरूको मनपर्ने टिम जस्तै, MagicalMomentsofPortugal) प्रयोग गर्नुपर्नेछ । साथै, आफूले समर्थन जनाएको देशको म्याजिकल क्षणहर”को भिडियो क्लिप वा फोटो पोस्ट गर्नुपर्नेछ ।

Recent Comments

No comments to show.