सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट

सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सोमबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आइतबारको तुलनामा सुन प्रतितोला १ सय र चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो। 

आइतबार छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ घटेर ९७ हजार २ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ घटेको हो। सोमबारका लागि चाँदीको मूल्य १२ सय ९५ रुपैयाँ तोकिएको छ। आइतबार चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

Recent Comments

No comments to show.