राष्ट्रिय क्रिकेट टिमकाे नयाँ कप्तानमा रोहितकुमार पौडेल नियुक्त

राष्ट्रिय क्रिकेट टिमकाे नयाँ कप्तानमा रोहितकुमार पौडेल नियुक्त

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  नेपाली राष्ट्रिय क्रिकेट टिमकाे नयाँ कप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन्।

राष्ट्रिय टिमका निवर्तमान कप्तान सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो।

साेही पद पुर्तीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार साँझ रोहितकुमारलाई नयाँ कप्तानकाे रुपमा नियुक्त गरेको हाे ।

नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) शृंखला खेल्दैछ । त्यसैको पूर्वसन्ध्यामा क्यानले नयाँ कप्तान नियुक्त गरेको हो ।

रोहितले अब सन्दीप लामिछानेको स्थान लिनेछन् । केन्या टुरमा रोहितले ५० ओभरको खेलमा नेपालको कप्तानी गरिसकेका छन् । यसअघि सन्दीप कप्तान हुँदा रोहित उपकप्तान थिए ।

रोहितले नेपालको यू-१९ उमेर समूहको कप्तानी गरेका थिए । क्रिकेट संघले शुक्रबार नै नेपाली टिमको घोषणा गरेको छ, जसमा हरिशंकर साहले पनि स्थान बनाएका छन् ।

ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, भीम सार्की। कमल सिंह ऐरी, आदिल खान, अर्जुन साउद र गुल्सन झा पनि टोलीमा छन् ।

Recent Comments

No comments to show.