कञ्चनपुरलाई त्रिदेशीय नाकाको रुपमा विकास गर्छौैँ : नेता लेखक

कञ्चनपुरलाई त्रिदेशीय नाकाको रुपमा विकास गर्छौैँ : नेता लेखक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोधारा चाँदनी । नेपाली कांग्रेसका नेता एवं कञ्चनपुर क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश लेखकले कञ्चनपुरलाई त्रिदेशीय नाकाको रुपमा विकास गरिने बताएका छन।

आज भीमदत्त नगरपालिका–१० स्थित चुनावीसभालाई सम्बोधन गर्दै उनले कञ्चनपुरलाई दक्षिणतिर मित्रराष्ट्र भारतलाई जोड्ने र उत्तरतर्फ मित्रराष्ट्र चीनसँग जोडेर देशको धेरै ठूलो व्यापारिक औद्योगिक, धार्मिक, पर्यटकीय नाकाका रुपमा विकास गर्ने बताए। ‘त्रिदेशीय नाका बनाउन हामीले महाकाली नदीमा चार लेनको पुल निर्माण गरिसकेका छौँ,’ उनले भने, ‘यो पुल निर्माण त्यहीँ त्रिदेशीय नाका बनाउनका लागि हो।’ उनले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउनका लागि प्रक्रिया अघि बढीसकेको बताए। ‘सुख्खा बन्दरगाह सम्म मित्रराष्ट्र भारतले पनि आफ्नो सडक जोड्छ र महाकाली किनार किनार सडक निर्माण गरेर चीनको तिब्बतलाई जोड्छौँ,’ उनले भने, ‘त्यसका लागि भारतले पनि सहमति जनाइसकेको छ।’  

त्यसैगरी उनले अहिलेको गठबन्धन संविधान र व्यवस्था जोगाउनका लागि बनेको बताए। ‘हामीले संविधान बनाउन धेरै झगडा गरेर समय बर्बाद गरेका छौँ । वर्षौ लगाएर संविधान र अहिलेको व्यवस्था ल्याएका छौँ,’ उनले भने, ‘अब हामीले विकासका काम गर्नुपर्छ विकास गर्नका लागि हामी एक हुन जरुरी छ।’

Recent Comments

No comments to show.