नेपाली स्याउले बजार पाएन, विदेशबाट ३ महिनामै सवा २ अर्बको आयात

नेपाली स्याउले बजार पाएन, विदेशबाट ३ महिनामै सवा २ अर्बको आयात

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा स्याउ टिप्ने सिजन सुरु भएसँगै हरेक वर्ष स्याउले बजार नपाएको, स्याउ गाईबस्तुलाई खुवाएको, न्यून मूल्यमा बिक्री भएको, ढुवानीमा कठिनाइ भएको जस्ता समाचार आइरहन्छन्। अर्कोतिर नेपाली उपभोक्ताले अमेरिका, चीन, भारत, इन्डोनेसियामा फलेका स्याउ उपभोग गरिरहेका छन्। फितलो सरकारी तयारीले नेपाली स्याउको ढुवानी र बजार सुनिश्चित नहुँदा उपभोक्ता विदेशी स्याउ खान बाध्य छन्।

सरकारले स्याउसहितका फलफूलजन्य वस्तुको उत्पादन बढाएर बजार व्यवस्थापन गरी आयात प्रतिस्थापन गर्ने बताउँदै आए पनि एक वर्षमै २ अर्बभन्दा बढी रुपैयाँको विदेशी स्याउ आयात भएको छ। 

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालू आवको असोज मसान्तसम्म रु २ अर्ब २४ करोड ९६ लाख ३९ हजार मूल्य बराबरको ३ करोड ४ लाख ४७ हजार केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले रु २८ करोड ५ लाख ८५ हजार बराबरको राजस्वसमेत सङ्कलन गरेको छ ।

उत्तरी नाका बन्द हुँदा त्यस अवधिमा भारतबाट सबैभन्दा धेरै स्याउ भित्रिएको विवरणमा उल्लेख छ । भारतबाट मात्र रु १ अर्ब ४९ करोड २४ लाख ४९ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । त्यस्तै चीनबाट रु ७५ करोड ७१ लाख ८९ हजार मूल्यमा ७८ लाख ६८ हजार सात सय ९८ केजी स्याउ आयात भएको छ ।

विभागको विवरणानुसार नेपालमै उत्पादन गर्न सकिने कृषिउपज, फलफूलसमेत अत्यधिक आयात भइरहेका छन् । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा देशमा रु ३ अर्बभन्दा बढी रकमका ताजा तथा सुकेका फलफूल आयात भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

यस्तै चालू आवको असोज मसान्तसम्म रु २९ करोड ७६ लाख ५६ हजारका २८ लाख ७१ हजार एक सय ७६ केजी ताजा अनार आयात भएको देखिन्छ । त्यसबाट सरकारले रु तीन करोड ७२ लाख ६९ हजार राजस्व सङ्कलन गरेको छ ।

केरा आयातमा १६ करोड बाहिरियो

नेपालीले तीन महिनाको अवधिमा रु १६ करोड २३ लाख ५९ हजार बराबरको केरा आयात गरेको छ । चालू आवको असोज मसान्तसम्म भारतबाट मात्रै कूल एक करोड १३ लाख सात हजार चार सय ४६ केजी केरा आयात भएको देखिन्छ । त्यसबाट सरकारले रु सात करोड दुई लाख २३ हजार राजस्व सङ्कलन गरेको छ ।

विवरणानुसार सुन्तलाको आयात पनि उस्तै छ । तीन महिनाको अवधिमा मात्रै रु १४ करोड ८७ लाख ९२ हजार बराबरको २२ लाख १९ हजार चार सय ५७ केजी सुन्तला आयात भएको छ । त्यस्तै असोज मसान्तसम्म रु ११ करोड आठ लाख १४ हजार मूल्य बराबरको खरबुुजा, रु १० करोड ८० लाख १५ हजार बराबरको मेवा आयात भएको तथ्याङ्कमा छ ।

पछिल्लो तीन महिनामा रु दुई करोड ९१ लाख ७१ हजारको किबी, रु एक करोड ४९ लाख आठ हजार मूल्य बराबरको एभोगाडो आयात भएको देखिन्छ । यस अवधिमा अम्बा, आँपलगायतको आयातमा रु १८ करोड ७४ लाख बाहिर गएको छ । त्यस्तै नास्पाती भुइँकटहरलगायत फलफूल आयातमा करोडौँ रकम बाहिरिएको विवरणमा उल्लेख छ ।

Recent Comments

No comments to show.