संविधान जोगाउन गठबन्धनले जित्नैपर्छ : मोहन आचार्य

संविधान जोगाउन गठबन्धनले जित्नैपर्छ : मोहन आचार्य

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यले नेपाली कांग्रेसले अर्थतन्त्रमा अहिले देखिएका चुनौती समाधान गर्ने र दिगो रुपमा देशलाई समुन्नत बनाउने कार्ययोजना सार्वजनिक गरेको बताएका छन्।

रसुवागढी समाजले काठमाडौंमा आयोजित कार्यक्रमलाई सामेबार सम्बोधन गदै आचार्यले यस्तो बताएका हुन । 

“कांग्रेस जे बोल्छ त्यो गर्छ,” आचार्यले भने, “आगामी पाँच वर्षमा खाद्यान्न उत्पादकत्वमा वृद्धि गरी तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने लक्ष्यसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक भएको छ । आगामी दिनमा पूर्वाधार बन्डमार्फत सडक, ऊर्जा र विमानस्थलजस्ता परियोजनाका लागि पुँजी जुटाइने छ ।

उनले संविधानको रक्षा, देशको विकास र गठबन्धनको शक्ति बढाउन एकले अर्कालाई विजयी गराउनुपर्नेमा जोड दिए। “समुन्नत रसुवा, समृद्ध रसुवाली निर्माणको महाअभियान सफल बनाउनका लागि पनि गठबन्धनको उमेदवारलाई विजयी गराउन आवश्यक रहेको छ,” आचार्यले भने “गठबन्धन यथार्थ भएका हुनाले गाउँटोल, बस्ती बस्तीमा गएर गठबन्धनका पक्षमा माहोल बनाउन र विजयी गराउनुपर्छ।”

कृषि, जलविद्युत, पर्यटन, व्यापार व्यवस्थापनको समन्वयात्मक विकास नै समृद्ध रसुवा निर्माणको आधार भएको  उल्लेख गरे  ।

Recent Comments

No comments to show.