प्रदीपको टीमले मात्र काठमाडौं–५ को विकास गर्न सक्छ: नरहरी आचार्य

प्रदीपको टीमले मात्र काठमाडौं–५ को विकास गर्न सक्छ: नरहरी आचार्य

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरी आचार्यले काठमाडौं ५ को विकास प्रदीप पौडेललको टीमले मात्र गर्न सक्ने बताएका छन् । 

आइतबार नेपाल लोकतान्त्रीक खेलकुद संघले आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले युवाहरुको टीमलेमात्र विकासको ढोका खुलाउन सक्ने बताएका हुन् । ‘काठमाडौं ५ मा युवाहरुको बलियो टीम छ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘यो टीमले जितेमात्र काठमाडौं ५ मा विकासका ढोका खुल्न थाल्छन् ।’ 

साथै, कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्रलाई हुबहु कार्यान्वयन गराउनका लागि पनि प्रदीपले जित्नैपर्ने उनले बताए । ‘कांग्रेसले सार्वजनिक गरेका प्रतिवद्धतालाई पुरा गर्न अब ५ वर्ष प्रदीप जीले घचघच्याउनुहुनेछ,’ आचार्यले भने । अहिले भएको चुनावी गठबन्धन देशलाई संकटबाट बचाउनका लागि भएको उनले प्रष्ट पारे । त्यसैले गठबन्धनप्रति जिम्मेवार रहन कार्यकर्तालाई आग्रह समेत गरे ।  

मंसिर ४ गतेको निर्वाचनमा नेपाली कांग्रेसलाई सम्झिएर मतदान गर्न काठमाडौं ५ का मतदातालाई आचार्यले आह्वानसमेत गरे । कार्यक्रममा बोल्दै पौडेलले  खेलकुदमा लगानी बढाएर सबै युवाको खेलकुदमा पहुँच हुने अवस्था सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘हरेक युवालाई खेलकुदसँग जोड्न चाहन्छौँ,’ उनले भने, ‘समाजमा बाहुबली नेतृत्व ल्याउने होइन विधिवत प्रतिस्पर्धाले नेतृत्व ल्याउने हो भन्ने मान्यता समाजमा स्थापित गर्नु पर्नेछ । त्यो खेलकुदको माध्यमबाट सम्भव छ ।’  

Recent Comments

No comments to show.