तिहारको चौथो दिन : आज गाईपूजा, यस्तो छ महत्व

तिहारको चौथो दिन : आज गाईपूजा, यस्तो छ महत्व

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  कात्तिक शुक्ल प्रतिपदा एवं तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी तिहार मनाइँदै छ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको प्रचलन हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेको छ।

विशेष गरि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ। पछिल्लो समय गाईको अभावमा पैसा राखेर गाईको अभावमा भनी सङ्कल्प पढिन्छ।

गाईलाई गौमाताका रुपमा सम्मान पनि गरिन्छ। गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।

Recent Comments

No comments to show.