काठमाडौं । नेपालमा डेंगु संक्रमितको संख्या ४३ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको अनुसार नेपालमा डेंगु संक्रमितको संख्या ४३ हजार ६८५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेंगुका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
डेंगु ७७ जिल्लामै फैलिएको छ।
प्रभावित १० जिल्लामा क्रमशःकाठमाडौं, ललितपुर, मकवानपुर, भक्तपुर, दाङ, चितवन, रुपन्देही, धादिङ, काभ्रेपलाञ्चोक र सुर्खेत रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
प्रतिक्रिया