रसुवाली नागरिकका लागि के गरे त मोहन आचार्यले ?

रसुवाली नागरिकका लागि के गरे त मोहन आचार्यले ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य ईन्जिनीयर मोहन आचार्यले कोरोनाको समयमा रसुवा जिल्लामा थुप्रै काम गर्नुभएको छ ।

विस २०७४ सालमा सम्पन्न प्रतिनिधीसभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट रसुवा जिल्लाबाट विजयी सांसद आचार्यले कोभिड–१९ को समयमा सङ्घीय राजधानी काठमाडौँमा बसोबास गर्ने रसुवाली नागरिकका ९३५ परिवारलाई खाद्यान्न वितरण गर्नुभएको थियो ।

सांसद आचार्यले सोही बेलामा सार्वजनिक यातायातको अभावका कारण राजधानीमा रोकिएर बसेका ६०० रसुवाबासीलाई यातायातको व्यवस्था गरेर रसुवा पु¥याउनुभएको थियो ।

कोभिड–१९ को समयमा रसुवाली नागरिककालागि उहाँले आफ्नै घरमा आईसोलेसन सेन्टरको समेत स्थापना गरि कोभिड प्रभावित जिल्लाबासीलाई सहयोग गर्नु भएको थियो।

उहाँले कोरोनाको समयमा अग्रपङ्तिमा खटिने जिल्लाका ६०० भन्दा बढि व्यक्तिको आफ्नो व्यक्तिगत खर्चमा कोभिड बिमा गर्नुका साथै जिल्लाभर स्वास्थ्य सामाग्री वितरण, माक्स स्यानिटाइजर र साबुन र खाद्यान्न समेत वितरण समेत गर्नुभएको थियो ।

सांसद आचार्यको व्यक्तिगत पहलमा रसुवाको दुई अस्पताललाई भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

जिल्लामा कोरोना संक्रमणको जोखिम बढेसँगै सांसद आचार्यले धुन्चे अस्पताल र जिबजिबे ग्रामिण अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको थियो । सांसद आचार्यले दुई अस्पताललाई ४ वटा मिनि भेन्टिलेटर, ३० वटा अक्सिजन, ५ वटा बेड र तीन हजार थान मास्क उपलब्ध गराउनु भएको थियो ।                      

प्रतिनिधीसभा निर्वाचनमा रसुवाबाट प्रतिनिधीत्व गरेपनि सांसद आचार्यले छिमेकी जिल्ला नुवाकोटको त्रिशुली अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको थियो ।

प्रतिनिधीसभामा दोस्रो कार्यकालका लागि उम्मेदवार बन्नुभएका सांसद आचार्यसँगै रसुवाको प्रदेशसभा (क)मा काँग्रेसका प्रभात तामाङ र प्रदेशसभा (ख) मा माओवादी केन्द्रका ईन्द्र गोतामे उम्मेदवार बन्नुभएको छ।                    

को हुन मोहन आचार्य ?

विस २०३३ चैत २९ गते रसुवाको लहरेपौवामा बुबा अनन्तप्रसाद र आमा ईश्वरीदेवी आचार्यको कोखबाट जन्मिएका सांसद आचार्य परिवारका कान्छा छोरा हुन् ।

विद्यालय शिक्षा सिद्धार्थ बनस्थलीमा अध्ययन गरेका सांसद आचार्य विस २०४६ सालको जनआन्दोलनमा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमार्फत सक्रिय भएका थिए।

भारतको देहरादुनबाट उच्च शिक्षा हाँसिल गरेका आचार्य फिलिपिन्सबाट सिभिल इन्जिनीयरिङ पढाई पुरा गरेर विस २०५६ सालमा स्वदेश फर्केलगत्तै कांग्रेस राजनीतिमा सक्रिय भए।

उच्च शिक्षा पुरा गरेसँगै पार्टीको क्रियाशिल सदस्यता लिएका आचार्य विस २०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनमा महासमिति सदस्य निर्वाचित भएका थिए भने वि.स २०७८ सालमा १४  औँ महाधिवेशनमा पार्टीको केन्द्रिय सदस्यमा अत्यधिक मत सहित विजयी भएका थिए त्यस्तै विस २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा रसुवाबाट एमालेका उम्मेद्वार जनार्दन ढकाललाई ठूलो मतअन्तरले पराजित गरेका आचार्यले रसुवा कांग्रेसको संगठनलाई मजबुद बनाएका छन्।

उनले तत्कालिन निर्वाचनमा आफनो पार्टीबाट सहकार्य गरेर निर्वाचन लडेको नयाँ शक्ति पार्टीलाई समेत कांग्रेसमा प्रवेश गराएर रसुवाको संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

Recent Comments

No comments to show.