मतदाता नामावलीमा नाम भएकाले परिचय खुल्ने कागजात देखाएर भोट हाल्न पाउने

मतदाता नामावलीमा नाम भएकाले परिचय खुल्ने कागजात देखाएर भोट हाल्न पाउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मतदाता परिचयपत्र नभएर भोट हाल्नबाट बञ्चित हुनु भएको छ ? चिन्ता नलिनुस् । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको चुनावमा मतदाता परिचय पत्र लिन नपाएकाका लागि परिचय खुल्ने कागजात देखाएर भोट हाल्न पाउने भएका छन् ।

प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको चुनावका लागि तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा मताधिकार सुनिश्चित गर्न आयोगले यस्तो निर्णय लिएको हो ।

निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा नाम भएका व्यक्तिले आफ्नो स्पष्ट पहिचान खुल्ने नागरिकता वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा लालपुर्जा वा कुनै पनि सरकारी कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा समेत मतदान गर्न पाउने जनाइएको छ ।

आगामी मंसिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

कतिपयको मतदाता परिचय पत्र हराएको अथवा नभएको अवस्थामा उनिहरुको मताधिकार प्रयोग गर्न दिन आयोगले यस्तो व्यवस्था गरेको हो । त्यसरी मतदान गर्नको लागि मतदाता नामावलीमा नाम भने हुनुपर्नेछ ।

Recent Comments

No comments to show.