नविकरण नगरेको भन्दै एनटीएले खारेज गर्‍यो नेपाल इन्फ्राको लाइसेन्स

नविकरण नगरेको भन्दै एनटीएले खारेज गर्‍यो नेपाल इन्फ्राको लाइसेन्स

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेटवर्क सेवा प्रदायक नेपाल इन्फ्रा एण्ड कम्युनिकेसन प्रालिको अनुमतिपत्र खारेज गरेको छ । कम्पनीले अनुमतिपत्र नवीकरणको प्रक्रिया अघि नबढाएको भन्दै प्राधिकरणले अनुमतिपत्र खारेज गरिदिएको हो ।

नियमानुसार निवेदन पेस नगरेको भन्दै प्राधिकरणले नेपाल इन्फ्राको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ ९५० बमोजिम स्वतः खारेज भएको सूचना जारी गरेको छ।

साथै नेटवर्क सेवा प्रदायक सञ्चालन गरे बापत नियमानुसार तिर्नरबुझाउन कुनै दस्तुर देखिएमा पनि उक्त रकम तिर्न प्राधिकरणले निर्देशन दिएको छ।

प्राधिकरणले बिहीबार जारी गरेको सूचनामा बुझाउन वा तिर्न बाँकी कुनै दस्तुर नतिरेमा बाँकी बक्यौता रकम सरकारी बाँकी सरह प्रचलित कानून अनुसार असुल उपर गरिने उल्लेख गरिएको छ ।

Recent Comments

No comments to show.