नागढुंगा-नौबिसे सुरुङमार्गको निर्माण प्रगति ६५ प्रतिशत पुग्यो,कति मिटर खन्न बाँकी छ ?

नागढुंगा-नौबिसे सुरुङमार्गको निर्माण प्रगति ६५ प्रतिशत पुग्यो,कति मिटर खन्न बाँकी छ ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । आयोजनाका अनुसार  हालसम्म सुरुङ खन्ने काम आधाभन्दा बढी काम सम्पन्न भएको छ ।

नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार असोज २५  गतेसम्म सुरुङ खन्ने काम ६५ दशमलव ३० प्रतिशत प्रतिशत पूरा भएको छ ।

हालसम्म काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६८८ मिटर मुख्य मध्ये हालसम्म १ हजार ५९३.८० सम्पन्न भएको छ ।

त्यस्तै, निर्माणाधीन नागढुंगा सुरुङमार्गको अडिट र मुख्य सुरुङ गरी कुल ५ हजार चार सय ९९ मिटर लम्बाइको सुरुङमार्ग खन्नुपर्नेछ ।

आयोजनाको समग्र कामको प्रगति ४४ प्रतिशत सम्पन्न भएको छ । कुल वित्तीय प्रगति भने ४७ प्रतिशत भएको छ ।

नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ ।

टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

नागढुंगा सुरुङमार्गको निर्माण अवधि २०७९ चैत २३ गतेसम्म रहेको छ ।

Recent Comments

No comments to show.