नुवाकोट कांग्रेसमा आन्तरिक किचलो, केसी र लामाले छुट्टा छुट्टै गएर गरे उम्मेदवारी दर्ता

नुवाकोट कांग्रेसमा आन्तरिक किचलो, केसी र लामाले छुट्टा छुट्टै गएर गरे उम्मेदवारी दर्ता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली कांग्रेस नुवाकोट भित्र फेरी आन्तरिक किचलो बल्झिएको छ । विभिन्न गुट र उपगुटमा विभाजित नुवाकोट कांग्रेसको धुर्विकरण सतहमा देखिएको हो ।  

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि छनोट भएका    प्रभावशाली नेता अर्जुननरसिंह केसी र  केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ समूहबीच किचलो देखिएको हो । 

केसी र लामाले छुट्टा छुट्टै गएर आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर  उम्मेदवारी दर्ता गराएका छन् । पार्टी कार्यालयमा कार्यकर्ता कुराइ राखेको केसीले साइत नै हेरेर उम्मेदवारी दर्ता गराए । 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ टिकटको लागि यी दुई नेताबीच नै संघर्ष चलेको थियो । अन्तत केसीले नै टिकटमा बाजी मारेपछि लामा प्रदेशमा झरेका छन् । 

नेता केसी ०७४ सालमा निर्वाचनमा हारे पनि सो क्षेत्रबाट प्रत्यक्षमा चुनाव लड्न शक्तिकेन्द्र धाइरहेका थिए भने अधिकांसको रोजाइमा भने लामा परेका थिए। कांग्रेसको केन्द्रीय राजनीतिमा संस्थापन र इतर पक्षबीच विवाद रहे पनि नुवाकोटमा महत र केसी पक्षबीच रस्साकस्सी चल्छ । 

जिल्लाका प्रभावशाली नेता अर्जुननरसिंह केसी र डा रामशरण महत केन्द्रमा संस्थापन इतर समूहमा छन् । पार्टी प्रवक्तासमेत रहेका डा प्रकाशशरण महत संस्थापन समूहमा छन् । तर, जिल्लामा भने महत पक्ष र केसी पक्षको विभाजन देखिन्छ ।

महत पक्ष हाबी भएको जिल्ला र क्षेत्रीय कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गर्दा केसी पक्षलाई प्राथमिकता दिइएको थिएन् ।

Recent Comments

No comments to show.