काठमाडौं । नारायणगढ–बुटवल सडक योजना कार्यालयले चाइना स्टेट कन्स्ट्रक्सन कम्पनीलाई कार्य सुधारको र कार्य गतिको लागि अन्तिम मौका दिएर सूचना जारी गरेको छ ।
नारायणगढ–बुटवल सडक विस्तारमा पटक–पटक ताकेता गर्दा पनि काममा ढिलाइ गरेपछि गत आइतबार नारायणगढ–बुटवल सडक योजना कार्यालयले कडा चेतावनीसहित सूचना जारी गरेको छ ।
१ सय ३३ किलोमिटर दूरी रहेको यस आयोजनाको आर्थिक वर्ष ०७५/७६ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको थियो । करार सम्झौताअनुसार निर्माणको काम ०७९ साउन २२ भित्र सकिसक्नुपर्ने हो । सूचना अनुसार यो समय कात्तिक १ गतेसम्मको लागि दिइएको छ ।
प्रतिक्रिया