गोसाइँकुण्ड पदयात्रामा हिँडेका दुई युवाको शव फेला

गोसाइँकुण्ड पदयात्रामा हिँडेका दुई युवाको शव फेला

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, १३ माघ । माघ ३ गतेदेखि गोसाइँकुण्ड पदयात्राका  क्रममा हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल तामाङ र काठमाडौ जोरपाटीका २० वर्षका जापान तामाङ हिउँमा पुरिएर मृत्यु भएको अबस्थामा भेटिएका छन् ।

 हराएका व्यक्तिको खोजीको लागी दुप्चेश्वर  गाउँपालिका मार्फत परिचालन गरिएको पर्यटक गाइड समेत रहनुभएका तादी गाउँपालिका–१ उर्लेनीका लालबहादुर तामाङ नेतृत्वको उद्धारकर्मीको समूहले शव भेट्टाएको हो ।

हराएका युवाको खोजीको लागी गाउँपालिका, प्रहरी, स्थानीयबासी एवम् आफन्तले हेलिकोप्टरको समेत प्रयोग गरेपनि अवस्था थाहा हुन सकेको थिएन ।

उनीहरुको खोजीको लागी गाउँपालिकाले रु एक लाख उपलब्ध गराउने जनाएपछि परिचालन भएका मध्ये लालबहादुर तामाङको नेतृत्वमा रहेको उद्धारकर्मीको समूहले फेदीको खोँच स्थित हिउँमा पुरिएको अबस्थामा दुबैजनाको शव बरामद गरेको हो ।

शव परीक्षणको लागी हेलिकोप्टर मार्फत काठमाडौ पठाईएको छ ।

Recent Comments

No comments to show.