सातवटा क्यासिनोलाई कर बुझाउन महानगरको ‘अल्टिमेटम’, नतिरे कारबाहीको चेतावनी

सातवटा क्यासिनोलाई कर बुझाउन महानगरको ‘अल्टिमेटम’, नतिरे कारबाहीको चेतावनी

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले सातवटा क्यासिनोलाई सात दिनभित्र मनोरञ्जन कर बुझाउन अल्टिमेटम दिएको छ ।

आइतबार एक पत्र पठाउँदै महानगर पालिकाले होटल म्यारियटको डेल्टीन, होटल
अन्नपूर्णका क्यासिनो प्यालेस, होटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल
हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल
होटलको बेली क्यासिनोलाई कर तिर्न आग्रह गरेको हो ।

महानगर राजस्व विभागका प्रमुख शिवराज अधिकारीद्धारा जारी विज्ञप्तिमा
प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिवानसहित ७ दिनभित्र कर चुक्ता
नगरे महानगरको राजश्व ऐन अनुसार कारबाही गरिने जनाइएको छ ।

यी क्यासिनोलाई कर बुझाउन पटकपटक ताकेता गरेपनि आर्थिक वर्ष २०७५/०७६ देखि नै नबुझाएको महानगरले जनाएको छ ।

Recent Comments

No comments to show.