दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउन सरकारले आविष्कार केन्द्रलाई ४० लाख दिने

दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउन सरकारले आविष्कार केन्द्रलाई ४० लाख दिने

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब दाँत कोट्याउने सिन्का विदेशबाट आयात गर्नुपर्ने
अवस्था रोकिने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना
उद्योग प्रवर्द्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का
उत्पादन गर्ने मेसिन बनाउने भएको छ ।

शुक्रबार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको
अध्ययन, अनुसन्धान र विकासको लागि काम गर्न लघु, घरेलु तथा साना उद्योग
प्रवर्द्धन केन्द्र र आविष्कार केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको
हो ।

समझदारीमा प्रवर्द्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र
आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष महावीर पुनले हस्ताक्षर गरे । आविष्कार
केन्द्रले आगामी वैशाखसम्म सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन
गर्ने मेसिन निर्माण सक्नेगरी सरकारले सघाउने सम्झौता भएको छ ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले
आविष्कार केन्द्रसँगको सम्झौताले सरकारको राष्ट्रिय नीतिलाई सहयोग पुग्ने
बताए । समझदारीअनुसार आविष्कार केन्द्रलाई अनुदानस्वरुप ४० लाख रुपियाँ यो
आर्थिक वर्षका लागि प्राप्त हुनेछ ।

Recent Comments

No comments to show.