अब मोटरसाइकलमा मोबाइल होल्डर राखे कारबाही, २० हजार रुपैयाँसम्म जरिवाना लाग्ने

अब मोटरसाइकलमा मोबाइल होल्डर राखे कारबाही, २० हजार रुपैयाँसम्म जरिवाना लाग्ने

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब मोटरसाइकलमा मोबाइल होल्डर राखे कारबाही हुने भएको छ ।

राइडिङ एण्ड सेयरिङ कम्पनीमा आबद्ध मोटरसाइकल चालकलगायत युवाहरुले मोबाइल स्ट्यान्ड, गो प्रो स्ट्याण्ड राखेर हिँड्दा दुर्घटना बढेको भन्दै महानगरिय ट्राफिक प्रहरी कार्यालयले कारबाही गर्ने भएको हो ।

यो नियम देशभरका मोटरसाइकल तथा स्कुटर चालकहरुमा लागू गर्न लागिएको हो । सवारीसाधनमा यसरी स्ट्याण्ड राख्दा साधन मोडिफाइ हुने कानुन आकर्षित हुनेभन्दै त्यसलाई नियन्त्रण गर्न लागिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अहिले बाटोमा मोबाइल हेर्दै मोटरसाइकल तथा स्कुटर चलाउने बढेकोले दुर्घटनासमेत बढ्न थालेकोले यसरी गैह्रकानुनी तरिकाले स्ट्याण्ड प्रयोग गर्ने चालकलाई ५०० देखि २ हजारसम्म जरिवान गर्ने व्यवस्था यातायात कानुनमा रहेको छ ।

ट्राफिक प्रहरीले अहिले चालकलाई सम्झाई बुझाई गर्नेदेखि न्यूनतम जरिवाना लिने गरेको भएपनि चाँडै सिधै कारबाहीको अभियान चलाउन लागिएको ट्राफिक प्रहरी प्रवक्ता रोजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

ट्राफिक प्रहरीले यातायात कार्यालयलाई न्यूनतम पाँच हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

Recent Comments

No comments to show.