‘जनताको सेवक भएर काम गर्ने इच्छा छ, राज्य कोषबाट कुनै पनि तलव भत्ता लिन्न’

‘जनताको सेवक भएर काम गर्ने इच्छा छ, राज्य कोषबाट कुनै पनि तलव भत्ता लिन्न’

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्र बहादुर थापा,
नेता नेपाली कांग्रेस धादिङ

धादिङ । सरकारबाट निर्वाचनको मिति घोषणा भएसँगै देशभर निर्वाचनको माहोल तात्न थालेको छ । देशभर बाट विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु निर्वाचनको तयारीमा जुटि रहेका छन ।

कतिपयले निर्वाचनमा आफ्नो उम्मेदवारी समेत प्रस्तुत गर्न थालि सकेका छन् ।
यसै क्रममा २ वटा संघिय निर्वाचन क्षेत्र भएको धादिङ जिल्लामा प्रदेश सभा क्षेत्र न. २ (ख) बाट चन्द्र बहादुर थापाले उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन ।

विगत लामो समय देखि राजनीतिमा होमिएका थापा हाल ने.का. धादिङको जिल्ला कार्य समितीमा निर्वाचित जिल्ला  सदस्य हुन भने धादिङ-काठमाडौ सम्पर्क समिति का उपाध्यक्ष समेत हुन त्यस्तै विभिन्न व्यवशायी संघ संस्थाहरुमा नेतृत्व तहमा रहेर काम गरि  सकेका थापा ०६२/०६३ को जनआन्दोलन को घाइते पनि हुन् ।

यदि पार्टीको निर्णय वमोजिम टिकट पाए र जनताको चाहना बमोजिम विजयी हुन सके भने आफ्नो ५ वर्षे कार्यकाल भरि राज्य कोषबाट कुनै पनि तलव भत्ता नलिने, साधारण जीवनयापनमा जनताको शासकन भै सेवक वनेर समृद्ध धादिङ निर्माणमा काम गर्ने इच्छा छ भनी प्रतिबद्धता व्यक्त गर्दछन  थापा ।

केही महिना अगाडि मात्रै ठुलै दुर्घटना बाट वाँचेका थापा आफुले पुनस् पुनर्जन्म पाएको जस्तै अनुभुती भैरहेको वर्तमान घडीमा जीवन कालको कम्तीमा ५ वर्ष  राष्टसेवक वनेर विताउने लक्ष्य लिएको थापाको भनाई छ ।

Recent Comments

No comments to show.