१० अर्ब बढीको आईपीओ पाइपलाइनमा

१० अर्ब बढीको आईपीओ पाइपलाइनमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। विभिन्न कम्पनीले १० अर्बभन्दा बढीको आईपीओ जारी गर्ने तयारी गरेका छन् । विभिन्न २९ वटा कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आईपीओ जारी गर्नका लागि आवेदन दिएका छन् । उक्त कम्पनीले १० अर्ब ४ करोड ८८ लाख २८ हजार १८५ रुपैयाँ बराबरको आईपीओ जारी गर्नका लागि आवेदन दिएका हुन् ।

आईपीओ पाइपलाइनमा रहेका २९ कम्पनीमध्ये सबैभन्दा बढी १६ वटा जलविद्युत कम्पनी छन् । त्यस्तै २ वटा बीमा कम्पनी, ३ वटा उत्पादनमूलक कम्पनी र २ वटा माइक्रोफाइनान्स कम्पनी छन् ।

आईपीओ निष्काशन गर्न बोर्डको पाइपलाइनमा रहेका कम्पनीमा कुथेली बुखारी स्मल हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, शुभम् पावर, सुपरमाई हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर, रावा इनर्जी डेभलपमेन्ट, ट्रेड टावर, अपर साङगे हाइड्रोपावर कम्पनी छन् ।

त्यसैगरी डिसहोम मिडिया नेटवर्क, थ्री स्टार हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेष्टमेन्ट नेपाल, सिटी होटल, हाइखोला हाइड्रोपावर, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, मकर जितुमाया सुरी हाइड्रोपावर, बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था र इन्ग्वा हाइड्रोपावर कम्पनी पनि आईपीओ निष्कासनको पाइपलाइनमा छन् ।

साथै, सुपरमाई हाइड्रोपावर, मोलुङ हाइड्रोपावर कम्पनी, पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर, एशियन हाइड्रोपावर र कालिञ्चोक दर्शन प्रालि कम्पनी पनि आईपीओ ल्याउने तयारीमा छन् । कम्पनीहरुले १० अर्ब बढी रुपैयाँको ७ करोड १९ लाख २८ हजार ७०५ कित्ता साधारण शेयर निष्काशनका लागि आवेदन दिएका हुन् । आईपीओ निष्कासनका लागि सेबोनको पाइपलाइनमा रहेका २९ कम्पनीमध्ये २ वटा कम्पनीले बुक विल्डिङ विधिमार्फत् आईपीओ निष्काशन गर्नेछन् भने २ वटा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने गरि आवेदन दिएका छन् ।

सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत् आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । यसका लागि दुबै कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्काशन गर्नेछन् । सर्वोत्तम सिमेन्टले पहिलो चरणमा २४ करोड रूपैयाँको २४ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको छ । त्यसका लागि कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ ।

यता रिलायन्सले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत शेयर निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले ७ करोड ७० लाख ६४ हजार रूपैयाँको ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ ।


त्यसैगरी घोराही सिमेन्ट र रिलायबल लाइफ इन्स्योरेन्सले भने प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने तयारीमा रहेका छन् । घोराही सिमेन्टले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८०१ कित्ता शेयर निष्काशन गर्ने धितोपत्र बोर्डमा आवेदन दिएको छ ।


कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ३ लाख ९७ हजार १९० कित्ता र सर्वसाधारणलाई ७५ लाख ४६ हजार ६११ कित्ता शेयर निष्काशन गर्ने जनाएको छ । कम्पनीले आयोजना प्रभावितलाई स्थानीयलाई १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँमा आईपीओ निष्कासन गर्नेछ भने सर्वसाधारणका लागि भने प्रतिकित्ता ३३५ रुपैयाँमा आवेदन दिन पाउनेछन् । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटललाई नियुक्त गरेको छ ।


यता रिलायबल लाइफ इन्स्योरेन्सले पनि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नेछ । कम्पनीले १ अर्ब २७ करोड २० लाख रुपैयाँको ६० लाख कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट नियुक्त भएको छ ।

Recent Comments

No comments to show.