काठमाडौं । एभरेस्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट ४१ प्रतिशतसम्म लाभांश दिन सक्ने वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८९ करोड ५४ लाख ५४ हजार रुपैयाँ पुगेको छ। भारतको पञ्जाब बैंक र नेपाली लगानीकर्ताको संयुक्त लगानी रहेको यस बैंकको चुक्ता पुँजी ९ अर्ब ४६ करोड ७३ लाख ४० हजार रुपैयाँ छ।
अघिल्लो आर्थिक वर्षमा बैंकले जम्मा १०.३२ प्रतिशत मात्र लाभांश प्रदान गरेको थियो। कोभिडका कारण उठ्न नसकेको अघिल्ला वर्षको ऋण गत आवमा उठेको तथा प्रोभिजनिङ कम गर्नु परेपछि बैंकको वितरणयोग्य नाफा बढेको हो। बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा बैंकको प्रोभिजनिङ ६७६ प्रतिशत बढेको छ। अघिल्लो वर्ष यस्तो प्रोभिजनिङ १३१० प्रतिशतले बढेको थियो।
त्यस्तै सो बैंकको गत आर्थिक वर्षको खुद नाफा भने जम्मा २ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ दशमलव ७७ प्रतिशतले बढी हो। गत आर्थिक वर्षमा बैंकले १ खर्ब १७ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ४२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ९५ करोड मात्र थियो। बैंकले ट्रेजरी विल्समा लगानी गरेर राम्रो आम्दानी गरेको देखिएको छ।
त्यस्तै गत आर्थिक वर्षमा बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७ पैसा छ। गत असार मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ०.२४ प्रतिशत रहेको देखिएको छ। जुन अघिल्लो आर्थिक वर्षमा ०.१२ प्रतिशत मात्र रहेको थियो।
गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८९ करोड ५४ लाख ५४ हजार रुपैयाँ पुगेको छ।
त्यस्तैगरी सीसीडी रेसियो पनि ८६.०४ प्रतिशतमा रहेको छ। बैंकको आधारदर (बेसरेट) पनि बढेको छ। गत आर्थिक वर्षका बैंकको बेसरेट ८.८२ प्रतिशत पुगेको छ। जुन गत आर्थिक वर्षमा ५.९९ प्रतिशत मात्र रहेको थियो। त्यस्तै स्प्रेडदर पनि ४.०६ प्रतिशत रहेको छ। बैंकको अन्तिम दिनको सेयर मूल्य ४३९ रहेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकको प्रतिसेयर ७३८ रुपैयाँ रहेको थियो।
टोटल सम्पत्तिमा बैंकले जम्मा १.१७ प्रतिशत मात्र ‘रिटर्न’ दिन सक्ने देखिएको छ। वार्षिक सम्पत्तिमा भने ११.७६ प्रतिशत मात्र दिन सक्ने देखिएको छ। त्यस्तै बैंकको नेटवर्थ २४० रुपैयाँ पुगेको छ। त्यस्तैगरी प्रतिसेयर आम्दानी २७.०१ रुपैयाँ रहेको छ भने ‘प्राइस टु अर्निङ (पिई) रेसियो’ १६.२५ रुपैयाँ रहेको छ
बैंकले सोचेजति प्रगति गर्न नसक्नुका आन्तरिक र बाह्य कारण गरी दुई भागमा विभाजन गरेर छुट्याइएको छ। आन्तरिक कारणमा संचालन खर्च बढ्नु, योग्य मानव संशाधनको कमी, ब्याज आम्दानी नहुने खालका आम्दानी बढ्न तथा समयमा नै कर्जाको फिर्ता नहुनुलाई औँल्याएको छ भने बाह्य कारणमा कोभिडको समस्या, रेमिट्यान्सको प्रत्यक्ष योगदान भएपनि उपभोगका लागि पर्याप्त नहुनु, बैंकिङ क्षेत्रमा निक्षेपको लागत बढ्नु, नियम समयसमयमा परिवर्तन भइरहनु, वैदेशिक मुद्राको विनिमयदर अस्थिर हुनु, तरलता अभावका कारण सीडी रेसियोमा दबाब हुनु छन्।
प्रतिक्रिया