प्रचण्डमाथि बालेनको आरोप-‘सडक अलपत्र बनाउने व्यक्तिकोमा अंगरक्षक बनेर देश बनाउँदैछु भन्नुहुन्छ’?

प्रचण्डमाथि बालेनको आरोप-‘सडक अलपत्र बनाउने व्यक्तिकोमा अंगरक्षक बनेर देश बनाउँदैछु भन्नुहुन्छ’?

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति गम्भीर आरोप लगाएका छन्।

हिलाम्य सडकको भिडियो फेसबुकमा पोस्ट गर्दै  नगर प्रमुख शाहले उपत्यकाको फोहोर विसर्जनका लागि लैजाने ककनीको बाटो आठ वर्षदेखि लथालिंग छाड्ने ठेकेदार शारदाप्रसाद अधिकारीको अगंरक्षकजस्तो भएको आरोप लगाएका हुन्।

पछिल्ला दिनमा फोहोर व्यवस्थापन गर्न नसकेर आलोचित भइरहेका शाहले राजनीतिक दलका नेता कार्यकर्ताले असहयोग गरेको टिप्पणी गरेका थिए। मंगलबार आफ्नो फेसबुक पेजमार्फत प्रचण्डलाई गम्भीर आरोप लगाएका हुन्।

यो सडक निर्माणको जिम्मा शैलुङ कन्स्ट्रक्सनले पाएको छ । यो ठेकेदार कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी हुन् । उनी हाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बस्दै आएको घरको घरबेटीसमेत हुन् ।

बालेनले लेखेका छन्, ‘श्रीमान प्रचण्डज्यू १ उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’

Recent Comments

No comments to show.