कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि प्रशिक्षण दिने

कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि प्रशिक्षण दिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।   नेपाली कांग्रेसले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आजदेखि प्रशिक्षण दिने भएको छ। 

सोमबार र मंगलबार ललितपुरमा जनप्रतिनिधिलाई प्रशिक्षण दिइने कार्यक्रम आयोजना गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।

प्रशिक्षण कार्यक्रमको आज बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन्। ललितपुरको हेरिटेज गार्डेनमा हुने प्रशिक्षणका लागि देशभरका जनप्रतिनिधि आइसकेको मुख्य सचिव पौडेलले बताए।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा स्थानीय सरकार सञ्चालनका विषयमा जानकारी दिइने भएको छ। प्रशिक्षणमा स्थानीय सरकारका प्रमुख तथा उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखको सहभागिता रहने भएको छ।

गत निर्वाचनमा कांग्रेसले देशभरका ७५३ स्थानीय तहमध्ये ३२९ स्थानीय सरकार प्रमुख जितेको छ।

Recent Comments

No comments to show.