काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन परिचालन समिति गठन गरेको छ ।
आइतबार बसेको सचिवालय बैठकले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाच्न परिचालन समिति गठन गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
समितिमा केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरुसँगै पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीहरु रहनेछन् ।
त्यस्तै प्रदेश कमिटीका अध्यक्ष, जनसंगठनका केन्द्रीय अध्यक्ष, महासचिव र केन्द्रीय विभागका सचिवहरुसमेत समितिमा रहने गुरुङले जानकारी दिए।
आजको बैठकले भदौ ७ गते स्थायी कमिटी बैठक र ९ गते पोलिटब्युरो बैठक बोलाउने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया