नेपालमा लेक्ट्रो- ई साइकल सार्वजनिक

नेपालमा लेक्ट्रो- ई साइकल सार्वजनिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लेक्ट्रो ई-साइकलका उत्पादन नेपाली बजारमा भित्रिएका छन्। लेक्ट्रोको नेपालका लागि आधिकारिक बितरक निम्बस इन्टरनेसनलले नेपाली बजारमा सार्वजनिक गरेको छ। 

११ मोडल नेपाली बजारमा भित्रिएको कम्पनीले जानकारी दिएको छ। इभी सेगमेन्टमा आधुनिक फिचर खोजिरहेकाहरूका लागि उपयुक्त हुनेगरि बजारमा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक आनन्द बगरियाले जानकारी दिएका छन्। 

बाइकमा प्रयोग भएका ब्याट्री बीआईएसबाट प्रमाणित भएकाले आयु तथा गुणस्तरमा ढुक्क हुन कम्पनीले आग्रह गरेको छ। आईपीएस सिक्ससेभन रेटिङ भएकाले पनी प्रतिरोधी क्षमता रहेको कम्पनीले जानकारी दिएको छ। 

लेक्ट्रोका मोडल हेरि मूल्य फरक रहेको छ। समग्रमा  ७५ हजार ९०० देखि १ लाख ३९ हजार ९०० रुपैयाँसम्मका मोडल रहेका छन्। हरेक साइकलमा पूरा ब्याट्री चार्ज हुँदा २५ देखि ६० किलोमिटरसम्म रेन्ज दिने छन्। 

Recent Comments

No comments to show.